भिडियो

दल होइन उम्मेदवार हेरेर भोट

- जनकराज सापकोटा , काभ्रे

वैशाख २७, २०७४-स्थानीय तहको निर्वाचनको नजिकिंदै गर्दा पाँचखाल नगरपालिका वडा नम्बर १२ टारीगाउँस्थित दनुवार वस्तीका बासिन्दाले उम्मेदवारहरु मध्ये को उपयुक्त होला भन्ने हिसाब–किताब थालेका छन् । विभिन्न दलका मिश्रित समर्थक रहेका गाउँलेहरु दलगत हिसाबले भन्दा पनि उम्मेदवारको क्षमता, योग्यता र ईमान्दरिता हेरेर त्यसैलाई भोट हाल्ने मनसुवा राख्छन् । धेरैजसो मतदाताहरु एउटै पार्टीका विभिन्न पदका प्रत्यासीलाई भन्दा विभिन्न पार्टीका अनेकन प्रत्यासीलाई मिश्रित मत हाल्दा गाउँको विकासमा फाईदा पुग्ने ठान्छन् । केही गाउँलेहरु भने अभिभावकको करकापमा भन्दा पनि स्वतन्त्र हिसाबले आफुले मन पराएको उम्मेदवार छान्ने सुरमा देखिन्छन् । 

प्रकाशित: वैशाख २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार