प्रवास

कतारमा भिसा बेच्ने नेपालीलाई तीन वर्ष जेल

  • एक वर्षमा एक करोड ८० लाखको भिसा बिक्री
- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख २७, २०७४-दोहा अपराध अदालतले भिसाको कारोवार गर्ने एक नेपालीलाई तीन बर्षको जेल सजाय सुनाएको छ । अदालतले सजाय भुक्तान गरेपछि ती नेपालीलाई कतारवाट निश्कासन गर्न समेत आदेश दिएको छ । 

सजाय पाउने नेपालीको नाम सार्वजनिक गरिएको छैन । स्थानीय अरवीक दैनिक अलरैयाका अनुसार उनले बिजनेस र कतार आउने भिसा बिक्री गरेको थियो ।  ती नेपालीले एक बर्षको अवधीमा दुई सय आगमन भिसा चार लाख रियाल (एक करोड ८० लाख रुपैया)मा विक्री गरेको अनुसन्धानमा खुलेको वताइएको छ । 

 

 

प्रकाशित: वैशाख २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार