स्वास्थ्य

वीरमा नि:शुल्क मृगौला प्रत्यारोपण सुरु

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख २७, २०७४-वीर अस्पतालले नि:शुल्क मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । सरकारको पूर्वघोषित निर्णयअनुसार नि:शुल्क प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका निर्देशक डा. भूपेन्त बस्नेतले बताए ।

सिन्धुपाल्चोककी रस्मिला श्रेष्ठलाई उनकै दिदी लक्ष्मी श्रेष्ठले मृगौला दिएपछि अस्पतालमा नि:शुल्क मृगौला प्रत्यारोपण आरम्भ भएको उनले जानकारी दिए ।

मृगौला प्रत्यारोपणसम्बन्धी निर्देशिका– २०७४ अनुसार नै अस्पतालले नि:शुल्क कार्यक्रम सुरु गरेको बस्नेतको भनाइ छ । निर्देशिकामा एउटा बिरामीको मृगौला प्रत्यारोपण गर्दा स्वास्थ्य मन्त्रालयले अस्पताललाई ४ लाख रुपैयाँ र बिरामीलाई डेढ लाख रुपैयाँ दिने भनिएको छ । बिरामीले शल्यक्रियाअघि ५० हजार रुपैयाँ र प्रत्यारोपणपछि एक वर्षसम्मको औषधिका लागि एक लाख रुपैयाँ पाउनेछन् । मृगौलाको नि:शुल्क प्रत्यारोपणका लागि ३ सदस्यीय समिति गठन गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित: वैशाख २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार