ब्लग

चुनावी तालमेलको राजनीतिक स्वार्थ

- गंगा बीसी, काठमाडौं

वैशाख २६, २०७४-स्थानीय निर्वाचनमा प्रमुख महानगरपालिकामा कांग्रेस माओवादी, एमाले राप्रपाबीच तालमेल भएको छ । खासगरी भरतपुर, काठमाडौं र पोखरा लेखनाथ महागनरपालिकामा एमाले माओवादी, कांग्रेस एमालेबीच पनि तालेमल भएको छ । स्थानीय निर्वाचनमा देखिएको यो एउटा रोचक पक्ष छँदैछ, त्यो भन्दा महत्वपूर्ण अर्को पक्ष दलहरुले आफ्नो अस्तित्व जोगाउनु हो ।

कांग्रेस र माओवादीबीच भरतपुर महानगरपालिकामा भएको तालमेललाई खोतल्ने हो भने रोचक पक्ष निस्कन्छ । माओवादीबाट भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार रेणु दाहाल माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी हुन् । पछिल्लो समय प्रधानमन्त्री दाहालको ध्यान  गृहजिल्ला चितवनतिर केन्द्रित छ । उनले चितवनलाई आफ्नो सुरक्षित क्षेत्र बनाउन चाहेका छन् । त्यसकारण पनि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालबीच उच्च तहरमा तालेमलको टुंगो लाग्यो ।  माओवादीले भरतपुरसँग पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख दिन तयार भयो ।

कांग्रेसको जिल्ला समिति चितवनले तालमेलको बिरोध गरे पनि केही लागेन । कांग्रेस सभापति शेरबहादुर देउवाको पत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय चितवनमा पुगेपछि कांग्रेस भरतपुर महानगरपालिकाको उम्मेदवारी फिर्ता भयो । आखिर देउवाले भरतपुर कांग्रेसका प्रमुखको उम्मेदवार फिर्ता लिन किन प्रत्यक्ष हस्तक्षेप गर्नुपर्‍यो ? यसमा देउवाभन्दा प्रधानमन्त्री दाहालको विशेष राजनीतिक चासो छ । 

भरतपुर नगरपालिकाको देखिने गरी उम्मेदवार रेणु दाहाल भए पनि खास उम्मेदवार भने प्रधानमन्त्री दाहाल हुन् । किनकी रेणुको जित भए प्रधानमन्त्री दाहालको र हार भए पनि उनकै हुने छ । रेणुको जितमा नै चितवनमा प्रधानमन्त्री दाहालको राजनीतिक भविष्य सुनिश्चित हुनेछ । यदि उनको हार भयो भने प्रधानमन्त्री दाहालका लागि चितवन चुनौती हुनेछ । किनकी प्रधानमन्त्री दाहाललाई यतिबेला गृह जिल्ला आफ्नो किल्ला नबनाएकोमा पछुतो छ । उनी कहिले रोल्पा, कहिले काठमाडौं र कहिले सिराहबाट उम्मेदवार हुनु पर्‍यो । त्यसकारण पनि प्रधानमन्त्री दाहालको ध्यान चितवनतिर विशेष केन्द्रित देखिन्छ । 

काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेका लागि विशेष चासो छ । एमालेलाई जसरी पनि जित्नै पर्ने लागेको छ, जसका कारण उसले राप्रपासँग तालेमल गरको छ । राप्रपासँग तालेमेल गरेपछि एमालेको आलोचना प्रशस्त भए पनि उसले खासै चासो देखाएको छैन । किनभने काठमाडौं महानगरपालिकामा चुनाव जित्ने कुरा उसका लागि सबैभन्दा महत्वपूर्ण मानिएको छ । 

काठमाडौं महानगरपालिकामा कांग्रेसलाई अनौपचारिक रुपमा सघाउने वचन प्रधानमन्त्री दाहाललाई देउवालाई दिइसकेका छन् । माओवादीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका भने छैनन् । कांग्रेस एमालेका लागि राजधानी काठमाडौं महानगरपालिमा मेयर जित्नु ठूलो राजनीतिक उद्देश्य पनि हो । त्यसकारण पनि विगतको राजनीतिक पृष्ठभूमि भुलेर भए पनि एमालेले राप्रपासँग तालेमल गर्‍यो । यतिबेला काठमाडौं महानगरपालिका जित्न कांग्रेस एमाले मैदानमा छन् । युद्धस्तरमा उनीहरुले चुनावी अभियान अघि सारेका छन् ।

पोखरा लेखनाथ उमहानगरपालिका राजनीतिक हिसाबले अर्को महत्वपूर्ण क्षेत्र हो । यसको मेयरका लागि कांग्रेस एमालेबीच भिडन्त छ । माओवादीले भतरपुर महानगरपालिका लिएर पोखरा लेखनाथसँग साटेपछि कांग्रेसको मनोबल बढेको छ । एमाले नेता एवं सांसद रवीन्द्र अधिकारी पोखरा लेखनाथ महानगरपालिका जित्न रातदिन खटेका छन्, त्यस्तै कांग्रेसको चुनावी शैली पनि आक्रामक देखिन्छ । 

पहिलो चरणको निर्वाचनमा ठूला साना दल स्थानीय तहमा राजनीतिक अस्तित्वका लागि तालमेल रणनीति लिएको देखिन्छ । करिब दुई दशकपछि हुने निर्वाचन परिणामले आगामी भविष्य निर्धारण गर्ने भएकाले उनीहरु अस्तित्व जोगाउन मरिमेटेर लागेका हुन् । 

सत्ता साझेदारकांग्रेस माओवादीको तालमेल बढी अर्थपूर्ण देखिन्छ । कुनै बला प्रमुख प्रतिस्पर्धी देखिएका कांग्रेस एमाले अहिले स्थानीय तह निर्वाचनमा भने आ-आफ्नो अस्तित्व जोगाउन लागि परेका छन् । यतिबेला प्रमुख दललाई राजनीतिक नीति र सिद्धान्तप्रति खास मतलव छैन । जसरी हुन्छ चुनाव जित्न उनीहरु जोसँग पनि तालेमल गर्न तयार देखिएका छन् । पहिलो चरणको स्थानीय निर्वाचनको परिणामले दोस्रो चरणमा प्रभाव पार्ने भएकाले प्रमुख दलहरु चुनाव जित्ने रणनीतिमा लागेका छन् । चुनावी तालमेलले ती दललाई अवश्य फाइदा हुनेछ । बहुदलीय प्रतिस्पर्धालाई विश्वास गर्ने दलहरु अस्तित्व जोगाउन जोसंग पनि तालमेल गर्न अघि सरे । 

यसले उनीहरुको सिद्धान्तलाई आझेलमा पारे पनि चुनावको अघि सामान्य देखिएको छ । यो राजनीतिक तालमेलले राजनीतिक दलका सिद्धान्त ‘देखाउन दाँत’ जस्तो देखिएको छ । कांग्रेस, एमाले, माओवादीबीच झण्डाको अन्तर देखिएको छ, चुनावी मुद्दाका हिसाबले खास अन्तर छैन । बिगतले बिर्सने हो भने प्रमुख तीन दल जसरी पनि अस्तित्व जोगाउन लागि परेका छन् । यो चुनावमा मतदाताले कसलाई जिताउने छन् ? केही दिन पछिको परिणामले देखाउने छ ।

 

प्रकाशित: वैशाख २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार