भिडियो

विमान चलेपछि भोजपुरबासी खुशी

- विद्या राई, भोजपुर

वैशाख २४, २०७४-भोजपुरको एक मात्र टक्सार विमानस्थल सञ्चालनमा आएपछि भोजपुरबासी खुशी बनेका छन् । बन्द गरिएको छ महिनापछि  शनिबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भरेको थियो । 

गएको मंसिर २३ देखि धावनमार्ग स्तरोन्नती तथा कालोपत्रेका लागि विमानसेवा बन्द गरिएको थियो । ०७१ असार देखि सुरु कालोपत्रे सम्पन्न भएपछि आइतबारदेखि नियमित उडान भर्ने विमानस्थल प्रमुख दुर्गामणि चौधरीले बताए ।

 

लामो समयदेखि विमानस्थल बन्द हुँदा गम्भिर प्रकृतिका विरामी, गर्भवती, महिला, बालबालिका, असहाय तथा वृद्धवृद्धालाई सास्ती भएको थियो । अबदेखि विमानस्थलमा नेपाल वायु सेवा निगम र तारा एयरले नियमित उडान भर्दैछन् । यसले विरामी तथा सर्वसाधारणलाई विराटनगर र काठमाडौ आवतजावतमा राहत पुग्नेछ । 

निगमले भोजपुर –काठमाडौं र भोजपुर–विराटनगर उडान भर्छ भने ताराले भोजपुर काठमाडौं उडान भर्नेछ । बि.सं. ०३२ सालमा निर्माण सुरु भएर ०३६ सालबाट भोजपुरमा एकतर्फी र मौसमी हवाई उडान सञ्चालनमा आएको थियो । झण्डै चार दशक पछि कालोपत्रे गरिएको छ । ५ करोड २१ लाखको लागतमा कालिका प्यासिफिक जेभीले कालोपत्रे ठेक्का लिएको थियो । धावनमार्ग ५ सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाई छ । 

प्रकाशित: वैशाख २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार