फोटोफिचर

लुम्बिनीमा चिनियाँ बुद्ध जयन्ती [फोटो फिचर]

- तस्बिर : मनोज पौडेल, कपिलवस्तु

वैशाख २०, २०७४- बुद्ध जन्मस्थल लुम्बिनीमा चिनियाँ बुद्ध जयन्ती मनाइएको छ । चीनभर बुधबार मनाइएको बुद्ध जयन्ती नेपालमा पनि मनाइएको हो । चिनियाँ क्यालेण्डर अनुसार यस वर्षको २६४१ औं बुद्धजयन्ती नेपालको भन्दा सात दिनअघि परेको हो । लुम्बिनीस्थित चीनको जोङहुवा बौद्ध मोनास्ट्रीद्वारा आयोजित कार्यक्रममा मायादेवी मन्दिर परिसरमा पिपलको रुखमुनी विशेष मण्डप सजाएर बेबी बुद्धको मूर्तिलाई नुहाइदिएर धार्मिक विधि पूजाआजा गरे । बुद्ध जन्मनासाथ नुहाईदिएको हुनाले यहाँ पनि नुहाइदिएर कार्यक्रम गरिएको थियो । यसअघि बेबी बुद्धको मूर्तिलाई मायादेवी मन्दिरभित्र लगेर बुद्ध जन्मेको ठाउँमा पूजाआजा गरिएको थियो । कार्यक्रममा थाई, भियतनाम, म्यानमार, तिब्बती भिक्षु र थेरावाद बौद्ध धर्मावलम्बीले शिलप्रार्थना र पाठ गरेका थिए ।

जोङहुवा बौद्ध मोनास्ट्रीका दोस्रो ठूलो भिक्षु सुचुङ्ग युङले चिनियाँ परम्पराअनुसार पूजाआजा गराएका थिए । चीनको खुप्यु, सान्सी, सेन्चेन र सियान लगायतका ठाउँबाट बुद्धजयन्ती मनाउन यहाँ ६० उपासक उपासिका आएका छन् । यिनीहरु नेपालले मनाउने वैशाख २७ गतेको बुद्ध जयन्तीपछि मात्र स्वदेश फर्कने बताए । तबसम्म लुम्बिनी लगायत कपिलवस्तुका विभिन्न ऐतिहासिक तथा पुरातात्विक स्थल र रामग्रामको अवलोकन भ्रमण गर्ने उपासिका जीड यीन येनले बताइन् । 

 

प्रकाशित: वैशाख २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार