स्वास्थ्य

स्व‍. लामु अमात्य नेपालको पहिलो नर्स घोषित

काठमाडौं

वैशाख १७, २०७४- सरकारले स्व. लामु अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गरेको छ । 

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले अमात्यलाई सबै प्रमाण र तथ्यका आधारमा पहिलो नर्स घोषित गर्दै उनका पुत्र योगेश्वर अमात्यलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरे । 

स्व. अमात्यले सन् १९५४ मा कलकत्ता मेडिकल कलेजबाट स्टार्फ नर्स उत्तीर्ण गरेकी थिइन् । उनले विसं २०१२ फागुन ३० गते स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ तालिम परियोजनाका लागि लोकसेवामार्फत काम सुरु गरेकी थिइन् । नेपालमा हालसम्म पहिलो नर्स को हो भन्ने लामो समयदेखि अन्योल रहेको थियो । स्व. लामु र उमादेवी दासका परिवारले पहिलो नर्स आफूलाई घोषणा गर्न मन्त्रालयमा दाबी गर्दै आएका थिए । 

दुवै पक्षले पेस गरेका प्रमाणका आधारमा स्व. लामुलाई पहिलो नर्स घोषित गरिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताए । 

पश्चिम बङ्गालको दार्जिलिङमा १९८८ माघ १४ मा जन्मिनुभएकी स्व. लामुको २०६९ जेठ १९ गते निधन भएको थियो । 'आमाले लामो समयसम्म देशलाई गरेको सेवाको लामो समयको प्रयासपछि सम्बोधन भएको छ,' योगेश्वर अमात्यले कार्यक्रमपछि भने ।

आमाको नाममा सबै प्रदेशका जेहेन्दार छात्रालाई नर्सिङ अध्ययनका लागि सहयोग गर्ने सोच भएकाले यसबारे छिट्टै निर्णय गरिने समेत गायक अमात्यले जानकारी दिए । रासस

प्रकाशित: वैशाख १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार