हाम्रो नेपालमा

विजिता र लजु पहिलो

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख १३, २०७४-नेपाली विद्यार्थी विजिता पन्थी र लजु श्रेष्ठ ‘पाकिस्तानी राजदूत निबन्ध लेखन तथा वतृत्वकला’ प्रतियोगितामा पहिलो भएका छन् । नेपालस्थित पाकिस्तानी दूतावासले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा पहिलो हुँदै विजिता र लजुले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

दुवै प्रतियोगितामा दोस्रो हुनेले ३०/३० र तेस्रो हुने प्रतिस्पर्धीले २५/२५ हजार हात पारे । दूतावासका अनुसार प्रतियोगितामा दुई सयभन्दा बढी उच्च माध्यमिकदेखि विश्वविद्यालय तहसम्मका नेपाली विद्यार्थीले सहभागिता जनाएका थिए । 

प्रकाशित: वैशाख १३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार