समाचार

काठमाडौंमा सार्क युवा सम्मेलन हुँदै

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ८, २०७४- यही बैशाख ११ र १२ गते काठमाडौंमा युवा सार्क सम्मेलन हुने भएको छ । युवा संसद नेपालको आयोजना र युवा अभियान नेपालको व्यवस्थापनमा सम्मेलन हुन लागेको हो । 

सम्मेलनमा सार्क राष्ट्रका चार–चार युवा प्रतिनिधि सहभागी र नौ वटा देशबाट निरीक्षकहरु सहभागी रहने युवा अभियान नेपालका सचिव सविन बुढाथोकीले बताए । 

सम्मेलनमा जलवायू परिवर्तन, दीगो विकास, सुशासन, युवा उद्यमशिलता, दक्षिण एसियाको आर्थिक अवस्थाको बिषयमा छलफल हुनेछ । 

राष्ट्रिय सभागृहमा निवर्तमान राष्ट्रपति रामवरण यादवले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । 

सार्क सम्मेलनमा समयमा नै गर्न, सार्कका साझा मुद्दामा साझा धारणा निर्माण गर्नु र दक्षिण एसियाका युवालाई सञ्जालीकरण गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बुढाथोकीले बताए ।

 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार