समाचार

विद्यार्थी संगठनबीच झडप, ५ घाइते

- शिव पुरी, भरतपुर

वैशाख ८, २०७४-कृषि तथा बन बिज्ञान बिश्व बिद्यालय केन्द्रिय क्याम्पस परिसरमा शुक्रबार दुई विद्यार्थी संगठनबीच झडप भएको छ । झडपमा ५ बिद्यार्थी घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सबैको टाउँकोमा चोट लागेको छ । 

परीक्षाको मिति सार्ने बिषयमा बिवाद हुँदा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच झडप भएको प्रहरीको भनाई छ । तर बिद्यार्थी संगठनका नेताले भने टिसर्टको बिषयमा झडप भएको बताएका छन् । 

झडपमा अनेरास्ववियुका सुदीप भुजेल र रोहित ढकाल घाइते भएका छन् । क्रान्तिकारीका नोबेल आचार्य, चबुज अधिकारी र निरोज सिंह घाइते भएको जिल्ला प्रहरीका एसपी दीपक थापाले बताए । घाइते सबैलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार