समाचार

नयाँ शक्ति र समाजवादी फोरमबीच एकता गर्न संयोजन समिति

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ८, २०७४- नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताका लागि डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहेको 'पार्टी एकता संयोजन समिति' गठन गरेको छ । 

नयाँ शक्ति पार्टीको तर्फबाट जारी गरिएको बिज्ञप्तीमा दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनका लागि ‘पार्टी एकता संयोजन समिति’गठन गर्ने निष्कर्षमा पुगिएको उल्लेख गरेको छ । 

समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति गरेको पनि उल्लेख गरेको छ । 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार