सूचना प्रविधि

एनसेलले ल्यायो नयाँ डेटा प्याक

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ८, २०७४-एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिमअन्तर्गत नयाँ डेटा प्याकहरू बजारमा ल्याएको छ । एनसेलका सबै ग्राहकहरूले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरूको मजा लिन सक्ने यो थिमको उद्देश्य रहेको जारी विज्ञप्तिमा छ । 

कम्पनीका अनुसार डेटा सेवा अब न्यूनतम ६ पैसाप्रति एमबीसम्मको आकर्षक मूल्यमा र दुई गुणा भोल्युलको ‘डे प्याक’ तथा चार गुणा भोल्युमको नाइक प्याक ल्याइएको छ । नयाँ डेटा प्याकहरू बिहीबारदेखि लागू भएको कम्पनीले जनाएको छ । 

एनसेलका अनुसार अल टाइम डेटा प्याकअन्तर्गत ग्राहकले १० रुपैयाँमा २५ एमबी, २० रुपैयाँमा ६० एमबी, १०० रुपैयाँमा ३०० एमबी, १५० रुपैयाँमा ६०० एमबी र २५० रुपैयाँमा १२०० एमबी डेटा खरिद गर्न सक्नेछन् ।

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार