खेलकुद

तस्बिरमा हेर्नुहोस् टिम चौराह र रुपन्देहीको खेल

- कान्तिपुर संवाददाता , धनगढी

वैशाख ७, २०७४-कप्तान पारस खड्काको सानदार व्याटिङ र सौरभ खनालको अलराउन्ड प्रदर्शनमा टिम चौराह धनगढी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेश गरेको छ । धनगढीले बिहीबार भएको क्वालिफायर्स २ मा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित गर्‍यो । 

पहिलो तीन खेल हारे यता चार खेलमा विजयी नतिजा निकालेको धनगढीले शनिबार हुने फाइनलमा विराटनगर किंग्सको सामना गर्ने छ । विराटनगरले क्वालिफायर्स १ मा रुपन्देही च्यालेन्जर्सलाई ३० रनले पराजित गरेको थियो । 

टस जितेको धनगढीले एसएसपी कार्यलय मैदानमा ५ विकेट गुमाई १ सय ७२ रन बनायो । प्रतियोगितामा यो दोस्रो ठूलो उच्च स्कोर हो ।

पहिलो चार खेल जित्दा सबैमा पहिला व्याटिङ गरेर जितेको रुपन्देही विजयी लक्ष्य पछ्याउदा फेरि अर्को हार बेहोर्न बाध्य भयो र टोली १५.२ ओभरमा ८० रनमा अलआउट भयो । धनगढीको ठिक उल्टो रुपन्देहीले पछिल्ला ३ खेलमा हार बेहोर्नु पर्‍यो ।

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार