विश्व

खानाको बिषयमा असन्तुष्टि जनाउने भारतीय बीएसएफका जवान बर्खास्त

भारत

वैशाख ७, २०७४- भारतीय बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) ले खानाको बिषयमा असन्तुष्टी जनाएका एक जवानलाई बर्खास्त गरेको छ । तेजबहादुर यादवले केही महिना अघि बोर्डर सुरक्षामा खटिएका सैनिकलाई दिइने कम गुणस्तरीय खानाबारे भिडियो पोष्ट गरेका थिए जुन निकै चर्चित भएको थियो । 

उनले पोष्ट गरेको भिडियो ८० लाख पटक हेरिएको छ । उनले पाकिस्तानको सीमा खटिएका जवानलाई दिइने खाना खानै नसकिने खालको बताएका थिए ।

बीएसएफले गलत जानकारी फैलाएको भन्दै यादवलाई बर्खास्त गरेको हो । यादवले आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने प्रतिक्रिया दिएका छन् । 

उनले जनबरीमा सार्वजनिक गरेको भिडियोमा जवानलाई रोटीसँग नून र खुर्सानी मात्रै खान दिइने गरेको आरोप लगाएका थिए ।

उनलाई फोर्सबारेको गलत जानकारी सोसल मिडियामा पोष्ट गरेको र दुई वटा मोबाइल बोकेको आरोपमा निलम्बन गरिएको बीएसएफले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

 

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार