प्रवास

मलेसियामा हत्या अभियोगमा मुद्दा खेपेका अशोक निर्दोष साबित

  • घरफिर्ती केन्द्रबाट २४ नेपालीको उद्धार
- कान्तिपुर संवाददाता , क्‍वालालम्पुर

वैशाख ७, २०७४- एकजना मलेसियाली नागरिक हत्याको अभियोगमा मुद्दा खेप्दै आएका किमे ९ गुम्थाङ, सिन्धुपाल्चोकका अशोक लामा (लालबहादुर तामाङ) निर्दोष साबित भएका छन् ।

‘मुथुभेलु गोविन्दन’ नाम गरेका मलेसियाली नागरिक हत्याको आरोपमा गत सन् २०१५ नोभेम्बरमा पक्राउ परी मुद्दा खेप्दै आएका सेक्युरिटी गार्डमा कार्यरत लामामाथि मृत्युदण्ड  मागसहित मुद्दा लगाइएको थियो । नेपाली दूतावासका अनुसार कानुनी परामर्श दातृ (वकिल) कारेन जीत कौरले गतवर्ष जुन १४ मा लामामाथि झुटो मुद्दा लगाइएको सम्बन्धमा सार्वजनिक मुद्दा चलाउने कार्यालयमा निवेदन दिएकी थिइन् । साथै उनले लामाको मुद्दामा गत मार्च ८ मा शाहअलामस्थित उच्च अदालमा बहस गरेकी थिइन् । अदालती फैसलापछि निर्दोष साबित भएका लामालाई बुधबार नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

यसैबीच, मलेसियाका विभिन्न घरफिर्ती केन्द्रहरुमा हवाईटिकट अभावमा रहेका २४ जना नेपालीलाई पनि टिकटको व्यवस्था मिलाई नेपाल फर्काइएको छ । यहाँको बुकित जलिल क्याम्पमा रहेका देउराली ६ नुवाकोटका बिफ लामा, हरिहरपुर १ सिन्धुलीका लीला ब्लोन, अन्नपूर्ण ६ भोजपुरका जयकुमार खवास, देवीगञ्ज ७ झापाका पदमबहादुर तामाङ, बोधे ३ धनकुटाका धीरेन्द्र याख्खा, ढोरफिर्दी ७ तनहुँका कमलबहादुर भुजेल र बुकित जलिल क्याम्पमै रहेका अन्य १८ सहित २४ जनालाई उद्दार गरी फर्काइएको  दूतावासले जनाएको छ । 

 

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार