खेलकुद

आरम्भलाई आँधीखोला कप

- कान्तिपुर संवाददाता , स्याङजा

वैशाख ७, २०७४- दोस्रो आँधीखोला ओहिया कप भलिबल प्रतियोगिताको उपाधि आरम्भ निर्माण सेवाले जितेको छ । नयाँ वर्षका अवसरमा परिवर्तन युवा क्लबद्वारा आयोजित प्रतियोगितामा आरम्भले मडुवा युवा क्लबलाई २५–१६, २५–२०, २५–१४ को सोझो सेटमा हरायो ।

सेमिफाइनलमा मडुवाले आयोजक ‘सी’ लाई २५–२२, २५–१७, २५–११ ले र आरम्भले फेदीखोला युवा क्लबलाई २५–२१, १५–२५, ३५–३३, २५–१७ को सेटमा हराएका थिए । विजेताले ५० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार