खेलकुद

डेढ दशकपछि वीरगन्जमा फुटबल

- भूषण यादव, वीरगन्ज

वैशाख ७, २०७४- व्यापारिक नगरी वीरगन्जमा झन्डै डेढ दशकपछि राष्ट्रिय स्तरको फुटबल प्रतियोगता आयोजना हुँदै छ । वैशाख ९ देखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विशाल मेमोरियल फाउन्डेसनले जनाएको छ । 

नारायणी रंगशालामा हुने प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका त्रिभुवन आर्मी, संकटा, हिमालयन शेर्पा, वीरगन्ज युनाइटेड, जनजागृति युवा क्लब सिमरा र भारतको राजमिल पटनासहित ८ टिमले भाग लिने जनाउने आयोजक अध्यक्ष रुपक पाण्डेले बताए । विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकी मोटरसाइकल दिइने प्रतियोगिता संयोजक अनिलकुमार कलवारले बताए । 

मुख्य प्रायोजक टुबोर्ग बियर रहेको प्रतियोगिताको सह–प्रायोजकमा जगदम्बा सिमेन्ट प्रालि र रेडबुल रहेका छन् । प्रतियोगितामा करिब ५१ लाख रुपैयाँ खर्च हुने अनुमान छ । डेढ दशकअघिसम्म वीरगन्जको नारायणी रंगशालामा वर्षमा तीनवटा गोल्डकप आयोजना हुन्थ्यो । विभिन्न कारणले गोल्डकप हुन बन्द भएपछि यस क्षेत्रबाट स्तरीय खेलाडी उत्पादन हुन सकेको थिएन । राजधानीलगायत अन्य सहरमा वीरगन्जको फुटबल क्लबले भाग लिँदा अन्यत्रका खेलाडी खेलाउनुपर्ने बाध्यता थियो । वीरगन्जका पुराना खेलाडी विनोद परियारका अनुसार विगतमा वीरगन्जका खेलाडी अन्य सहर तथा भारतको विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेल्दथे । तर पछिल्लो समय त्यो अवस्था छैन । ठूला प्रतियोगिता नभएपछि नारायणी रंगशालाको मर्मत सम्भारसमेत भएको छैन । 

फुटबलवृत्तमा वीरगन्जको हराएको परिचय पुन:स्थापित गर्न राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको फिफाका पूर्व सहायक रेफ्री गजेन्द्रमान सिंहले बताए ।

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार