मनोरञ्जन

लोकगायक सोमबहादुरलाई ह्विलचेयर

- कान्तिपुर संवाददाता , हेटौंडा

वैशाख ७, २०७४- पाँच वर्षदेखि थलिएका लोकगायक सोमबहादुर लामा घलानले बुधबार ह्विलचेयर पाएका छन् । उनलाई चितवनका चिकित्सक दम्पतीले घरमै पुगेर यस्तो सहयोग गरेका हुन् ।

ह्विलचेयर पाएपछि ७४ वर्षीय गायक भावुक भए, रोए । उच्च रक्तचापका कारण पक्षाघात भएका उनी हिँडडुल गर्न सक्दैनन् । एक ठाउँबाट अर्को ठाउँ जानुपरे घस्रिनुपथ्र्यो । घलानको यस्तो अवस्थाबारे समाचार प्रकाशित भएपछि नारायणगढस्थित साइराम डेन्टल केयरका सञ्चालक चिकित्सक दम्पती अजय न्यौपाने र सरु थापाले निवासमै पुगेर ह्विलचियर, खानेकुरा र कपडा सहयोग गरेका हुन् । ‘उहाँको कठिनाइबारे समाचार पढेपछि मनै थाम्न सकेनौँ,’ भरतपुर अस्पतालको दन्तरोग विभागका प्रमुखसमेत रहेका चिकित्सक न्यौपानेले भने ।

घलानका पत्नी रत्नमायाले ठूलो सहयोग प्राप्त भएको बताइन् ।

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार