मनोरञ्जन

अभिनेता क्षेत्रीलाई ३ लाख

- कान्तिपुर संवाददाता , अस्ट्रेलिया

वैशाख ७, २०७४- अस्वस्थ रहेका अभिनेता दीपक क्षेत्रीको सहयोगार्थ अस्ट्रेलियामा करिब ३ लाख रुपैयाँ सहयोग संकलन गरिएको छ । संकलित रकम अहिले सांगीतिक यात्रामा रहेका गायकद्वय सत्यराज र स्वरूपराज आचार्यमार्फत कलाकार क्षेत्रीलाई हस्तान्तरण गरिने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अस्ट्रेलियाले कलाकार क्षेत्रीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले केही दिनअघिदेखि सहयोग संकलन सुरु गरेको थियो । चार दिनसम्म मात्र सहयोग संकलन गरेको समाजले ३ हजार २ सय ५८ डलर संकलन गरेको थियो । 

कलाकारहरू अस्वस्थ हुँदा थोरै मात्रामा भए पनि सहयोग पुर्‍याऔं भन्ने उद्देश्यले आफूहरूले सहयोग संकलन गरेको महासचिव मिलन दाहालले बताए । समाजले सहयोग संकलन बन्द गरिसकेको र आवश्यक परे पछि फेरि सहयोग संकलन गर्नेसमेत उनले बताए । समाजले नेपालबाट कलाकारहरू अस्ट्रेलियामा ल्याएर विभिन्न कार्यक्रमहरू आयोजना गर्नुका साथै कलाकारहरूको सहयोगका लागि समेत विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । समाज अध्यक्ष ईश्वर पोखरेलले नेपालबाट आएका कलाकारद्वय सत्य–स्वरूपको माध्यमबाट उक्त सहयोग रकम कलाकार क्षेत्रीलाई हस्तान्तरण गरिने जानकारी दिए । 

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार