विश्व

बस दुर्घटना हुँदा भारतमा ४४ जनाको मृत्यु, १२ घाइते

- रासस/एएफपी/सिन्ह्वा, नयाँदिल्ली

वैशाख ६, २०७४-उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । पहाडी अफ्ट्यारो बाटोबाट गहिरो खोँचमा खसेर बस दुर्घटना भएको घटनास्थलमा पुगेको स्थानीय सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

हिमाञ्चल प्रदेश अन्तर्गत पर्ने सिम्लाका जिल्ला आयुक्त रोहनचन्द ठाकुरले प्रारम्भीक विवरणअनुसार अहिलेसम्म ४४ जनाको मृत्यु भएको खवर आफुलाई प्राप्त भएको बताए । घटनामा परी अन्य १२ जना घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको अधिकारीले जनाएका छन् । 

बुधबार दिउँसो ५६ जना यात्रु लिएर गइरहेको बस टोनस नदीमा खसेको रोहनले जानकारी दिए । हिमाञ्चल प्रदेशको राजधानी सिम्लादेखि धेरै दुर्गम क्षेत्रमा पर्ने गुमा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

प्रकाशित: वैशाख ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार