देश

जलेर एकको मृत्यु

- कान्तिपुर संवाददाता , मोरङ

वैशाख ६, २०७४-कानेपोखरी गाउँपालिका २ मा बुधवार आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । स्थानीय २३ वर्षीय राजेश ऋषिदेवको मृत्यु भएको हो । ऋषिदेवले आफ्नो फुसको घरमा टुकी बालेर सुतेको अवस्थामा बिहान चार बजे आगलागी भएको प्रहरीले जनायो । आगलागीबाट उनको घरसमेत जलेको छ । 

यसैबीच, पूर्व-पश्चिम राजमार्गस्थित सिरहाको गोलबजार नगरपालिका ३ मा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट काकडभिट्टा जाँदै गरेको ना६ख ४९७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बस चालक ३५ वर्षीय श्याम ढकालको मृत्यु भएको हो । ३३ जना यात्रु सवार रहेको बस अनियन्त्रित भएर सडकमा पल्टिएको पूर्व क्षेत्रीय प्रहरी रानी विराटनगरले जनायो । बसमा सवार ललितपुरको नक्खु १४ का ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उनको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनायो । 

प्रकाशित: वैशाख ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार