साहित्य/विविध

निश्चलका कविता

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ६, २०७४- पाल्पा, पालुङमैनादीको सरकारी विद्यालयमा प्रधानाध्यापक रहेका आरबी निश्चल सोख र अभिरुचिमा कवि हुन् । यही सोखमा बाँधिएर उनले ५८ कविताको संग्रह ‘पैताला पुकार’ ल्याएका छन् ।

निश्चलले एउटै संग्रहमा एकालाप, संवाद, मनोवाद र मिथकीय शैली प्रयोग गरेको भनेर समीक्षकले औंल्याएका छन् । पाल्पाको धवल पुस्तकालयले प्रकाशन गरेको कविता कृतिबारे निश्चलले ‘आफ्नै जिन्दगीको कथाव्यथाले पाएको कवि–चेतना’ भनेर स्वमूल्यांकन गरेका छन् । उनका यसअघि ‘मौन हिमाल,’ ‘सपनाफूल’ र ‘आँसु खस्दै गर्छ’ जस्ता काव्यकृति आइसकेका छन् ।

प्रकाशित: वैशाख ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार