प्रवास

अस्ट्रेलियामा पशुपतिनाथ बनाइँदै

- कान्तिपुर संवाददाता , अस्ट्रेलिया

वैशाख ५, २०७४- पश्चिम अस्ट्रेलियामा मन्दिर तथा नेपालीको सामुदायिक भवन निर्माणका लागि आयोजित तीनदिने महापुराणमा ५ लाख ७२ हजार डलर (करिब ४ करोड ५० लाख रुपैयाँ) उठेको छ । पर्थमा रहेका नेपालीले नेपालको कला, संस्कृति र परम्परा झल्कने पशुपतिनाथ र बौद्धनाथको मन्दिर तथा सामुदायिक भवन बनाउने उद्देश्यले शनिबारदेखि महापुराण लगाएका थिए ।

सोमबारसम्म चलेको महापुराणमा त्यस क्षेत्रमा रहेका नेपालीबाटै उक्त रकम संकलन भएको एनआरएन पश्चिम अस्ट्रेलियाका राज थपलियाले जानकारी दिए । 

सानो संख्यामा रहे पनि सामूहिक पहलमा राम्रो कार्य गर्न सकिन्छ भन्ने उदाहरण यहाँका नेपालीले दिएको उनले बताए ।

प्रकाशित: वैशाख ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार