विश्व

ऋण नतिरी भागेका भारतीय व्यापारी बिजय माल्या लण्डनमा पक्राउ

- एजेन्सी, मुम्बई

वैशाख ५, २०७४-बैंकहरुलाई ९ हजार करोड ऋण नतिरी भागेका भारतीय व्यापारी विजय माल्या लण्डनमा पक्राउ परेका छन् । उनलाई लण्डन प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

फ्रेब्रुअरीमा भारतीय सरकारले बेलायतलाई विजय माल्याको बिषयमा जानकारी गराउँदै उनलाई पक्राउ गर्न अनुरोध गरेको थियो । 

सन् २०१६ को मार्चमा माल्या बेलायत पुगेका थिए । उनले ऋण लिएको बैंकहरुले ९ हजार करोड ऋण नतिरेको भनी मुद्दा दायर गरेपछि उनी भारतबाट भागेका हुन् । उनी भारतीय एयरलाइन्स किङ्फिसरका मालिक हुन् । 

भारतमा उनीविरुद्ध हुण्डी कारोबार गरेको र बैंकको ऋण नतिरेर ठगेको आरोपमा पक्राउ पूर्जी जारी गरिएको थियो ।

 

प्रकाशित: वैशाख ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार