मनोरञ्जन

पारसमणिका गीत

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ५, २०७४-गीतकार पारसमणि बराल, संगीतकार शक्ति बल्लभ र गायक सुमित खडका तेस्रो कोसेलीसाथ श्रोतामाझ आएका छन् । ‘पारसमणि ३’ राजधानीमा हालै उपर्युक्त तीनै व्यक्तित्वसहित 

अभिनेत्री दीपाश्री निरौलालगायतले सार्वजनिक गरे ।

उक्त एल्बममा सात गीत छन् : ‘तिमीलाई बाटो छेकी रुवाएको...’, ‘तिम्रो प्रेमको माला लाउँदा...’, ‘हत्केलामा कोरिएका भाग्यरेखालाई...’, ‘गहभरि आँसु आए...’, ‘बुझ्नेलाई बुझाउन इसारा नै काफी...’, ‘तिमी वर मचाहिँ पर कुन ठाउँ घर...’ र ‘आफ्नै माया बिर्सिएर...’ । स्पार्क इन्टरटेनमेन्टले निकालेको एल्बमका सबै गीतको संगीत संयोजन मनोहर सुनामले गरेका हुन् ।

चार गीतमा सुमितको स्वर सुन्न सकिन्छ । दुइटामा पारसमणि र सुमितले गाएका छन् । एउटा राष्ट्रिय भावको गीतमा शक्ति बल्लभ, पारसमणि र सुमितको स्वर सुन्न सकिन्छ, जसले भन्छ : 

आफ्नै माया बिर्सिएर अर्को माया कहाँ लाऊँ

आफ्नै घरको बास छोडी, बास माग्न कहाँ जाऊँ ?

प्रकाशित: वैशाख ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार