खेलकुद

टिम चौराह धनगढीको पहिलो जित

- कान्तिपुर संवाददाता , धनगढी

वैशाख २, २०७४-सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत छैटौं दिनको दोस्रो खेलमा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्सलाई ११ रनले पराजित गरेको छ । शनिबार एसएसपी क्रिकेट मैदान धनगढीमा भएको खेलमा टिम चौराहले टस जितेर पहिला व्याटिङ गर्दै ८ विकेट गुमाइ १३६ रन बनायो ।

सुरुका व्याट्म्यानहरुले राम्रो प्रदर्शन गर्न नसकेको टिम चौराहका मिड अडरमा आएका खेलाडीले राम्रो प्रदर्शन गरेपछि चुनौतीपूर्ण स्कोर बनाउन सफल भयो । टिम चौराहको लागि आरिफ शेखले ५८ रन बनाए । प्रतियोगितामा यो व्याट्सम्यानको उच्च स्कोर हो । यसअघि सीवाइसी अत्तरियाका योगेन्द्रसिंह कार्कीले काठमाडौं गोल्डेन्स विरुद्ध नै ५७ रन बनाएका थिए । 

सौरभ खनाल १६ रन बनाइ इनिङ्सको अन्तिम बलमा सोमपाल कामीद्वारा बोल्ड भए । सोमपालले ३ विकेट लिँदै प्रतियोगितामा आफ्नो विकेट संख्या ८ पुर्‍याएका छन् । काठमाडौं गोल्डेन्सको तर्फबाट मन्जित श्रेष्ठले पनि ३ विकेट लिए । 

काठमाडौं गोल्डेन्स पुरा ओभर खेली १२५ रनमा अल आउट भयो । अन्तिम ओभरमा २१ रन बनाउनुपर्ने अवस्थामा गोल्डेन्सले ९ रन बनाउँदा बाँकी २ विकेट गुमाएको थियो । गोल्डेन्सका सन्दीप जोराले २८ र सोमपाल कामीले २४ रन बनाए । 

टिम चौराहबाट आरिफ शेख र सौरभ खनालले ३/३ र रामनरेश गिरीले २ विकेट लिए । 

...

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत छैटौं दिनको दोस्रो खेलमा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्स सामु १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा शनिबार मध्यान्ह टस जितेर व्याटिङमा आएको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको छ । 

सुरुका व्याट्म्यानहरुले राम्रो प्रदर्शन गर्न नसकेको टिम चौराहका मिड अडरमा आएका खेलाडीले राम्रो प्रदर्शन गरेपछि चुनौतीपूर्ण स्कोर बनाउन सफल भयो । टिम चौराहको लागि आरिफ शेखले ५८ रन बनाए । प्रतियोगितामा यो व्याट्सम्यानको उच्च स्कोर हो । यसअघि सीवाइसी अत्तरियाका योगेन्द्रसिंह कार्कीले काठमाडौं गोल्डेन्स विरुद्ध नै ५७ रन बनाएका थिए । 

सौरभ खनाल १६ रन बनाइ इनिङ्सको अन्तिम बलमा सोमपाल कामीद्वारा बोल्ड भए । सोमपालले ३ विकेट लिँदै प्रतियोगितामा आफ्नो विकेट संख्या ८ पुर्‍याएका छन् । काठमाडौं गोल्डेन्सको तर्फबाट मन्जित श्रेष्ठले पनि ३ विकेट लिए । 

...

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत छैटौं दिनको दोस्रो खेल काठमाडौं गोल्डेन्स र टिम चौराह धनगढीबीच हुँदै छ । एसएसपी क्रिकेट मैदान धनगढीमा शनिबार मध्यान्ह टिम चौराह धनगढीले टस जितेर व्याटिङ गर्ने निर्णय गरेको छ । 

काठमाडौं गोल्डेन्सलाई प्ले अफमा पुग्न यो खेल जित्ने पर्ने अवस्था रहेको छ । पहिलो तीनै खेल हारेको टिम चौराह धनगढीको प्ले अफमा पुग्ने झिनो आशालाई कायम राख्न यो खेल जित्नै पर्ने छ । 

काठमाडौं गोल्डेन्सका कप्तान बसन्त रेग्मी हुन् भने टिम चौराहका कप्तान पारस खड्का हुन् । 

प्रकाशित: वैशाख २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार