रोचक

चिया पसलले दिए १ करोड दाइजो !

- एजेन्सी, राजस्थान (भारत)

चैत्र ३१, २०७३- भारतको राजस्थानमा भएको एक विवाहमा एक चिया पसलेले छोरीको बिहेमा एक करोड नगद दाइजो दिएपछि कर अधिकारीहरुको नजरमा परेका छन् । 

राजस्थानको अल्वार जिल्लाको वैवदीमा चिया पसल सञ्चालन गर्ने लिलाराम गुज्जरले आफ्ना ६ छोरीको एकसाथ बिहे गराएका थिए । छमध्ये ४ छोरीको विवाह गर्ने उमेरै भएको थिएन । 

भारतको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका बालिकाको विवाह गराउन पाइदैन भने दाइजो दिने र लिनेलाई कम्तिमा ५ वर्ष जेल हाल्ने कानुन छ । 

जयपुर नजिकै भएका विहे समारोहमा जन्तीकै अगाडि गुज्जरले एक करोड नगद गन्दै गरेको भिडियो सोसल मिडियामा सेयर भएपछि राजस्व विभागका कर्मचारीहरुले घटनाको अनुसन्धान थालेका छन् । 

उनले केटा पक्षलाई दाइजो दिनको लागि रकम गनेको दाबी गरिएको छ । 

गुज्जरलाई राजस्व विभागको कार्यालयमा उपस्थित हुन र आयस्रोत देखाउन निर्देशन दिइएको छ । 

प्रहरीका अनुसार गुज्जरले बिहेको निम्तोको लागि बनाइएको कार्डमा दुई छोरीको नाम मात्रै उल्लेख गरेका छन् जो विवाह योग्य उमेरका थिए ।

 

प्रकाशित: चैत्र ३१, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार