समाचार

नेपाल एयरलाइन्सका क्याप्टेन ९३ हजार अमेरिकी डलरसहित पक्राउ

- जनकराज सापकोटा, -सुरज कुँवर, काठमाडौं

चैत्र २८, २०७३-नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।

आइतबार राति नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवालेलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले पुष्टि गरे ।

महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी नवराज कार्कीका अनुसार अवालेलाई राति साढे २ बजे गौशाला प्रहरीमा ल्याइएको थियो । बिहान पुन: उनलाई प्रहरीले थप अनुसन्धानका लागि एयरपोर्ट नै लगेको छ ।

अवालेको ठाउँमा नेपाल एयरलाइन्सले महेशमान डंगोललाई क्याप्टेन बनाएर पठाएको छ । 

प्रकाशित: चैत्र २८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार