सूचना प्रविधि

भायनेटको ‘खोजेकै यही हो’ अफर

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र २८, २०७३- भायनेट कम्युनिकेसन्सले नयाँ वर्ष २०७४ लाई लक्षित गरी आफ्ना उपभोक्ताहरूका लागि ‘खोजेकै यही हो’ अफर बजारमा ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले भायनेटको इन्टरनेट र नेट टीभीको मज्जा एकैसाथ एउटै कम्बोमा लिन सक्ने कम्पनीले जनाएको छ । 

वार्षिक ग्राहकका लागि १२ सय ८५ रुपैयाँमा उपलब्ध यस कम्बोमा २ एमबीपीएस स्पिडको इन्टरनेटका साथै कुल १ सय २१ वटा च्यानल भएको नेट टीभीको मज्जा लिन सक्ने जारी विज्ञप्तिमा छ । ३९ वटा एचडी र ८२ वटा एसडी च्यानल भएको यस नेट टीभीमा ७ दिनसम्म अटोमेटिक च्यानल रेकर्ड हुने र उक्त रेकर्ड भएको च्यानलहरूलाई आफूले चाहेको बेला हेर्न सकिने कम्पनीले जनाएको छ । 

काठमाडौं, ललितपुर र भक्तपुरमा का सबै क्षेत्रमा भायनेटको फाइबर कभरेज रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित: चैत्र २८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार