कला

तिवारीको ‘जमाना खराब छ’ [भिडियोसहित]

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र २८, २०७३-गायक सूर्य तिवारीको आवाजमा समावेश ‘जमाना खराब छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत मिलन जलन र सूर्य तिवारीको छ । राजन इसानले गीतको एरेन्ज गरेका हुन् । गायक तिवारीले यो गीत पोर्चुगलमै बसेर रेकर्ड गराएका हुन् ।

श्रीधर पौडेलले यो गीतको भिडियोको छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोमा मिलन जलन र नायिका तथा मोडल बर्षा  सिवाकोटीले मोडलिङ गरेका छन् । 

मोडल, संगीतकार तथा गीतकार अहिले लण्डनमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित: चैत्र २८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार