कला

प्रमिलाको लोकदोहोरी गीत सार्वजनिक

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र २३, २०७३-गायिका तथा मोडल प्रमिला तामाङको लोकदोहोरी गीत ‘सर्काइदेऊ...’ सार्वजनिक भएको छ । गीतमा प्रमिला र बब्बु थापाले अभिनय पनि गरेका छन् ।

प्रमिलालाई रामजी खाँडले साथ दिएका छन् । बब्बु थापाको निर्देशन रहेको गीतको शब्द/संगीत शिव हमालको रहेको छ ।

म्यूजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘सर्काइदेऊ...’ एक सातामै ५१ हजार भन्दा बढीले हेरेका छन् ।

तामाङले यसअघि लोकदोहोरी एल्बम ‘आँखा गाजले...’ सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित: चैत्र २३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार