देश

जिल्लास्तरीय परीक्षा सुरु

- कान्तिपुर संवाददाता , ताप्लेजुङ

चैत्र ८, २०७३- शिक्षा कार्यालयले गर्ने कक्षा ८ को जिल्लास्तरीय परीक्षा सुरु भएको छ । चैत ६ गतेबाट जिल्लाभरका सामुदायिक तथा निजी विद्यालयमा परीक्षा सुरु भएको हो ।

परीक्षाअघि नै जिल्लाभरका विद्यालयमा प्रश्नपत्र पुर्‍याएको विद्यालय निरीक्षक हेमबहादुर पालुङवाले बताए । स्रोत शिक्षकमार्फत केन्द्रबाट प्रश्नपत्र बाँडिएको थियो । ‘हामीले प्रश्नपत्र दिने हो, उत्तर पुस्तिका र जाँच्ने व्यवस्था विद्यालयले नै गर्नेछ,’ पालुङवाले भने, ‘लब्धांकपत्र प्राप्त भएपछि परीक्षा समितिले निर्णय गरेअनुसार परीक्षाफल प्रकाशित हुन्छ ।’ कति विषय अनुत्तीर्णलाई छोड्ने वा उत्तीर्णसम्बन्धी निर्णय त्यही समितिले गर्ने उनले बताए । सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको हुन्छ ।

परीक्षा दिउसो १ बजेदेखि सुरु हुन्छ । एसईई परीक्षालाई दृष्टिगत गरी जिल्लाभरिको समयतालिका एउटै बनाइएको हो । एसईईको परीक्षा ८ मा सुरु भएर ११ वजे सकिन्छ । कहिलेकाहीं थप समय लाग्न सक्ने भएकाले २ घण्टा ढिलो गरिएको कार्यालयले जनाएको छ ।

 

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार