खेलकुद

काठमाडौं नगरकप फुटबल हुने

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ८, २०७३-जिल्ला खेलकुद विकास समिति काठमाडौंले प्रथम काठमाडौं नगरकप फुटबल प्रतियोगिता गर्ने भएको छ । चैत २४ देखि ३१ सम्म हुने स्पर्धामा काठमाडौंका १० नगरपालिकाले भाग लिने छन् ।

नकआउटका आधारमा हुने प्रतियोगिता सानो गौचरनस्थित मैदान हुने आयोजक समिति अध्यक्ष धुव्रराज न्यौपानेले बताए । जिल्ला समन्वय समितिको सहयोगमा हुने स्पर्धाको विजेताले एक लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५१ हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।

सर्वोत्कृट खेलाडीले १० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार पाउने संयोजक बद्री भट्टराईले बताए ।

 

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार