खेलकुद

वीरगन्ज सेमिफाइनलमा

- कान्तिपुर संवाददाता , हेटौंडा

चैत्र ८, २०७३- वीरगन्ज युनाइटेड क्लब टाइब्रेकरमा विजयी हुँदै पिप्ले–क्याम्पा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार वीरगन्जले चौधरी ११ बारालाई टाइब्रेकरमा ३–१ ले हराएको थियो । फाइनल पुग्नका लागि वीरगन्जले आयोजक पिप्ले युवा क्लबसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । 

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि प्रतिकुल मौसमका कारण सिधै टाइब्रेकरमा लगिएको थियो । टाइब्रेकरमा वीरगन्जका गोलरक्षक उमेश कार्की नायक साबित भए । उनले विपक्षीका तीन पेनाल्टी रोकेका थिए । उनी म्यान अफ द म्याच घोषित भए । 

वीरगन्जका राजेश पटेल, शम्शेर तामाङ र चिरञ्जीवी कार्कीले गोल गरे । सञ्जय चौधरीको प्रहार पोलमा लागेर फर्किदा राधेश्याम चौधरीको प्रहार बाराका गोलरक्षकले रोके । बाराबाट एकमात्र गोल गजेन्द्र चौधरीले गरे । बाराका चतुर्भुज चौधरी, मनोज चौधरी र लक्ष्मण चौधरीको प्रहार गोलरक्षक चिरन्जीवी कार्कीले जोगाए ।

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार