खेलकुद

काँकडभिट्टा गोल्डकप नाफामा

- कान्तिपुर संवाददाता , काँकडभिट्टा

चैत्र ८, २०७३- मेची नेत्रालय काँकडभिट्टा गोल्डकपवाट आयोजकले करिब साढे ७ लाख रुपैयाँ बचत गरेको छ । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पुस १६ देखि २३ सम्म काँकडभिट्टा माविको मैदानमा प्रतियोगिता गरेको थियो । 

सोमबार पत्रकार सम्मेलनमा आयोजकका कोषाध्यक्ष नोर्बु शेर्पाले कुल ३९ लाख २३ हजार ४ सय ६३ रुपैयाँ आय र ३१ लाख ८७ हजार ८० रुपैयाँ खर्च भएको बताए । ‘करिब ७ लाख ३६ हजार ३ सय ८३ रुपैयाँ प्रतियोगितावाट नाफा भएको छ,’ उनले भने । 

आयोजक समिति अध्यक्ष मीनवहादुर बस्नेतले बचत रकमलाई काँकडभिट्टाको फुटबल विकास र मैदान मर्मतमा खर्चिने बताए । उनले अर्को वर्ष प्रतियोगिताको स्तर वृद्धि गरी पुरस्कार राशिसमेत बढाउने योजना सुनाए । ‘नाफा भएको सबै रकम फुटबल विकास र प्रवद्र्धनमै खर्च गर्नेछौ’, बस्नेतले भने, ‘दुरुपयोग गर्ने छैनौं ।’ 
यसैबीच आयोजकले दुई पत्रकार रमेश समदर्शी र फोटो पत्रकार कृष्ण सिन्जालीलाई सम्मान गरेको छ । उनीहरूले जनही ५ हजार ५ सय रुपैयाँ पाए ।

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार