खेलकुद

मनीष र आशिषको गतिलो प्रदर्शन

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ८, २०७३- नेपालमा फिडे मास्टर मनीष हमाल र आशिष फुयालले राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगितामा आफ्नो गतिलो प्रदर्शन सोमबार पनि कायम राखेका छन् । 

२०८१ रेटेड मनीषले दोस्रो चरणमा २४२२ रेटेड बंगलादेशी जीएम नियाज मुर्सद र १८०१ रेटेड आशिषले बंगलादेशी आईएम २३४३ रेटेड अबु सफियन सकिलसँग बराबरी खेलका थिए ।

२०३६ रेटेड सीएम क्षितिज भण्डारीले बंगलादेशी एफएम २३४१ रेटेड रहमान मोहम्मद तवीरसँग बराबरी गरे । मदनकृष्ण कायस्थ शीर्ष वरीयताका बंगलादेशी जीएम जियाउर रहमानसँग पराजित भए । बंगलादेशी जीएम अब्दुल्ला अल रकिबले हिमाल लामा, नवीन तण्डुकारले मोहनसिंह प्रधान, भवगतीप्रसाद शर्माले मोहम्म्द इमरान खान तथा अहमद एमन इब्राहिमले रञ्जन कुँवरलाई हराए । 

महिलातर्फ शीर्ष वरीयताकी आईएम बंगलादेशी समिमा अख्तरले आफ्नै देशकी डब्लूएफ नजराना खान, बंगलादेशी आईएम हमिद रानीले श्रीलंकाकी सुमेई जयनेब र नेपालका मतिना कुसीले पूनम प्रसाईंलाई हराए । सविना श्रेष्ठले शान्ता थापासँगको खेलमा जित हात पारिन् ।

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार