देश

काठ तस्करीमा प्रहरी संलग्न

- कान्तिपुर संवाददाता , धरान

चैत्र ८, २०७३-उपमहानगरपालिका–२० विष्णुपादुकास्थित भवानी थान सामुदायिक वनबाट प्रहरीकै संलग्नतामा काठ तस्करी भएको छ । आइतबार राति बलेरो जिपमा काठ लोड गरिरहेका बेला वन उपभोक्ता समितिका पदाधिकारीहरूले नियन्त्रणमा लिँदा प्रहरी नै संलग्न भएको खुलेको हो । 

उपभोक्ता समिति कोषाध्यक्ष राजबहादुर राईका अनुसार विष्णुपादुका अस्थायी प्रहरी पोस्टका इन्चार्ज खेमबहादुर कँुवर, जवान गंगा लिम्बूसहित काठ तस्करी गर्ने धरान १८ का विवेक लिम्बू र गाडी चालक नगेन्द्र किर्कीलाई पक्राउ गरी सेक्टर वन कार्यालयलाई बुझाइएको छ ।

कार्यालय प्रमुख ज्ञानकुमार लामाले तस्करीमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही थालिएको बताए । 

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार