समाचार

आईजीपी विवादमा सर्वोच्चले मंगलबार निर्णय सुनाउने

- कृष्ण ज्ञवाली, काठमाडौं

चैत्र ७, २०७३-सर्वोच्च अदालतले प्रहरी महानिरिक्षक नियुक्ती विवादमा मंगलबार निर्णय सुनाउने भएको छ । प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशको वृहत इजलाशले सोमबार मुद्दाको सुनुवाई सकिए पनि मंगलबार निर्णय सुनाउने मिति तोकेको हो ।

सोमबारको बहसमा महान्यायाधिवक्ता रमण श्रेष्ठसहितका सरकारी वकिलहरुले आईजीपी नियुक्तीमा सरकारले गरेको निर्णयको बचाउ गरेका थिए । यसअघि अन्तरिम आदेश दिँदा संलग्न न्यायाधीशहरु नै अन्तिम सुनुवाईमा संलग्न भएको भन्दै जयबहादुर चन्दका कानून व्यवसायीहरुले भने इजलाश बहिस्कार गरे ।

 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार