समाचार

संशोधन बिना चुनाव सम्भव छैन, गर्न पनि दिँदैनौं : ठाकुर

- अवधेशकुमार झा, राजविराज

चैत्र ७, २०७३- तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकन बिनाको संशोधन स्वीकार्य नहुने बताएका छन् ।

उनले संविधान संशोधन नगरेसम्म कुनै पनि हालतमा निर्वाचन गर्न नदिने बताउँदै संविधान संशोधन विना गरिने निर्वाचनको पनि कुनै औचित्य नरहने बताए ।

गत फागुन २३ गते सप्तरीको मलेठमा भएको हिंसात्मक झडपमा प्रहरीको गोली लागी मृत्यु भएकाहरुको परिवारलाई भेट्न आज सप्तरी आएका अध्यक्ष ठाकुरले संविधान संशोधन नगरी निर्वाचन गर्न सरकारलाई चुनौती दिए ।

मृतक परिवारलाई भेटेपछि स्थानिय संचारकर्मीसित संक्षिप्त कुरा गर्दे उनले भने, ‘संशोधन बिना चुनाव सम्भव छैन, गर्न पनि दिँदैनौं । सरकार गर्न पनि सक्दैन ।’ ठाकुरले मलेठ घटनामा मृत्यु भएका पाँचैजनाको परिवारलाई प्रति परिवार २५ हजारका दरले सहयोग समेत प्रदान गरे ।

 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार