समाचार

राष्ट्रको ढुकुटीमा ब्रम्हलुट : अधिकारी

- राजेन्द्र फुयाल, काठमाडौं

चैत्र ७, २०७३- संसदको विकास समितिका सभापति समेत रहेका एमाले युवा नेता रविन्द्र अधिकारीले सरकारले सरकारले संसदबाट पारित बजेट र योजना किताब विपरीतका योजनामा रकम वितरण गरी वित्तीय अनुशानको गम्भीर उल्लंघन गरेको आरोप लगाएका छन् । 

सत्तारुण् दलका प्रभाशाली नेताहरुको गृहजिल्लामा नयाँ योजनाका लागि ९९ अर्ब रुपैयाँ खर्चिएको उनको आरोप छ । ‘यो रकमान्तरण पनि होइन,’ उनले भने– ‘संसदबाट पारित बजेट शीर्षक र रातो कितावमा हुँदै नभएका योजनाका नाममा रकम निकासा गरी राष्ट्रको ढुकुटीमा ब्रम्हलुट मच्चाउने काम भएको छ ।’ 

आर्थिक अनुशासनको लगाम कस्नुपर्नै अर्थ मन्त्रालयनै आर्थिक अराजकता मच्चाउने कार्यमा संलग्न भएको उनको आरोप छ । सबैभन्दा बढि भौतिक पुर्वाधार मन्त्रलयबाट ४० अर्ब रुपैया नयाँ आयोजनामा वितरण गरिएको उनको दाबी छ । 

‘आज खर्च गरेर भोली योजनमामा राख्न स्वीकृत दिएको भन्ने जस्तो शव्द प्रयोग गरेर मुलुकको ढुकुटीमाथि ब्रम्हलुट गर्न खोजिएको छ,’ उनले भने– ‘सरकार संविधान र कानुन–नियम भन्दामाथि हुन सक्दैन ।’

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार