समाचार

उपप्रधानमन्त्री थापा निर्वाचन आयोगविरुद्ध धर्नामा

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ७, २०७३- निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दू धर्म शब्द हटाएको विरोधमा सरकारका उपप्रधानमन्त्री कमल थापा बहादुर भवनस्थित निर्वाचन कार्यालय अगाडि धर्नामा बसेका छन् । 

आज भएको प्रदर्शनमा प्रहरीले राप्रपा कार्यकर्ताविरुद्ध लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेपछि उपप्रधानमन्त्री थापा धर्नामा पुगेका हुन् । राप्रपा नेता मोहन श्रेष्ठका अनुसार केहीबेर अघिदेखि उपप्रधानमन्त्री थापा धर्नामा सहभागी छन् । 

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चारमन्त्री र राज्यमन्त्रीसहित राप्रपा सहभागी छ । 

 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार