खेलकुद

भलिबल टोलीको बिदाइ

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ७, २०७३-माल्दिभ्सको मालेमा बुधबारदेखि हुने सिनियर एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली भलिबल टोलीको आइतबार बिदाइ गरिएको छ । च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससहित तुर्कमेनिस्तान र किर्गिस्तानको सामना गर्नेछ । 

सेटर इम रानामगरको कप्तानीमा रहेको नेपाली टोलीमा मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा र दिल सुनार ओपन स्पाइकर छन् । यस्तै क्विक स्पाइकरमा महेन्द्र श्रेष्ठ, भैरव बम र हरि अधिकारी छन् । साइड स्पाइकरमा नरेन्द्र गिरी, राजकुमार निरौला छन् भने सेटरमा दुर्गाप्रसाद महतो र लिबेरोमा ईश्वर थापामगर छन् । टोलीमा चार नयाँ खेलाडीले अन्तर्राष्ट्रिय डेब्यु गर्दैछन् ।

जसमा ओपन स्पाइकर दिल सुनार, क्विक स्पाइकर हरि अधिकारी, सेटर दुर्गाप्रसाद महतो र साइड स्पाइकर राजकुमार निरौला छन् । सुनार, अधिकारी र महतो नेपाल आर्मीका खेलाडी हुन् भने निरौला एपीएफसँग आबद्ध छन् । नेपाली टोलीको प्रशिक्षकमा वीरेन्द्र चौधरी तथा सहायक प्रशिक्षकमा जगदिश भट्ट छन् ।

नेपाली टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघका सचिव डम्बरबहादुर नेपालीले सम्हाल्नेछन् । टोलीसँगै अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट चन्द्रा बदना राई पनि त्यसतर्फ जानेछिन् । नेपाली टोलीले पहिलो खेल मार्च २३ मा तुर्कमेनिस्तानसँग खेल्नेछ । यस्तै मार्च २४ मा आयोजक माल्दिभ्स र मार्च २७ मा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार