देश

मोर्चाको व्यवहार हिंस्रक : ओली

- कान्तिपुर संवाददाता , नेपालगन्ज

चैत्र ७, २०७३-एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको मेची–महाकाली अभियानका क्रममा मधेसी मोर्चाले अराजनीतिक, अलोकतान्त्रिक र हिंस्रक व्यवहार देखाएको आरोप लगाएका छन् । 

अभियान सकेर राजधानी फर्किने क्रममा आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिमा कतै स्वीकार्य नहुने काम छाडेर लोकतन्त्रमा विश्वास गर्न मोर्चालाई आग्रह गरे ।

‘निर्दोष जनतालाई भ्रममा पारेर उत्तेजनामा ल्याउने काम नगर्नुस्’,  उनले भने, ‘पेट्रोल बम हानेर शान्तिपूर्ण आन्दोलन भन्न मिल्छ ? त्यो हिंसावादी व्यवहार हो । लोकतन्त्रमा हिंसाका लागि ठाउँ हुँदैन ।’ 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार