समाचार

मन्त्री छाड्ने निधिको चेतावनी

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ७, २०७३- देउवा निवासको छलफलमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा कमल थापालाई राखे आफू अपमानित भएर नबस्ने बताएका थिए ।

संसद् बैठकमा प्रधानमन्त्रीपछिको मर्यादाक्रममा थापा बस्ने गरेकोमा आपत्ति जनाउँदै निधिले दोस्रो मर्यादाक्रम नपाए आफूले मन्त्री छाड्ने सभापति देउवालाई जानकारी गराएका हुन् ।

निधिले यही विषय प्रधानमन्त्रीलाई जानकारी गराएको समेत बताए । ‘संसद्को ठूलो दल र कार्यवाहक प्रधानमन्त्री भइसकेको हैसियतले दोस्रो मर्यादाक्रम नपाउने हो भने अपमानित भएर मलाई बस्न गाह्रो हुन्छ,’ निधिलाई उद्धृत गर्दै स्रोतले भन्यो । प्रधानमन्त्री दाहालले निधिलाई आफू चीन भ्रमणमा जाँदा कार्यवाहकको जिम्मेवारी दिने आश्वासन दिएका छन् । 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार