देश

‘सीमांकनबाहेकमा संशोधनबारे छलफल गर्दै छौं’

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ७, २०७३- कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेशको सीमांकनसहित संविधान संशोधनको प्रस्ताव दुई तिहाइ मतले पारित हुने अवस्था नभए के गर्ने भन्नेबारे पार्टीका नेताहरूको सुझाव लिएका छन् । बूढानीलकण्ठस्थित निवासमा आइतबार नेताहरूलाई बोलाएर उनले सुझाव लिएका हुन् ।

अधिकांशले प्रदेश सीमांकनलाई थाती राखेर भए पनि निर्वाचनमा जानुपर्ने सुझाव दिएका थिए । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, फरमुल्ला मन्सुरलगायत मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले भने निर्वाचनमा जानुअघि संशोधन प्रस्ताव नै टुंग्याउनुपर्नेमा जोड दिए । स्रोतका अनुसार त्यसक्रममा देउवाले स्थानीय तहको निर्वाचन अब नरोकिने अवस्थामा अघि बढेकाले मोर्चालाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र आफू निरन्तर खटिरहेको बताएका थिए ।

संसदीय प्रक्रियामा रहेको संविधान संशोधन विधेयक पारित हुने अवस्था नरहे प्रदेशको सीमांकनलाई संघीय आयोगमार्फत हल खोज्ने गरी संशोधन प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भइरहेको देउवाले जानकारी दिएका थिए । उनले स्थानीय तहलाई प्रदेश मातहत राख्ने र राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलमा स्थानीय तहको प्रतिनिधित्व हटाउँदा मोर्चा सकारात्मक हुन सक्ने बताएका थिए । 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार