देश

बस पल्टिँदा एकको मृत्यु, नौ घाइते

- कान्तिपुर संवाददाता , दमक

चैत्र ७, २०७३-आइतबार साँझ बस दुर्घटनामा परी गम्भीर घाइते झापा दमक–२ की ३० वर्षीया निता विष्टको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

आइतबार साँझ बा ३ ख ७८१५ नम्बरको बस कमल गाउँपालिका–५ सितापुरीस्थित पूर्व-पश्चिम राजमार्गमा पल्टिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते मध्ये विष्टको उपचारका क्रममा गएराति पौने ९ बजेतिर विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते दमक–२ कै २३ वर्षीया लक्ष्मी पोखरेल र वडा ९ का ४१ वर्षीय अनन्त खनालको न्यूरो अस्पतालमै उपचार भइरहेको छ । विपरीत दिशाको मे ३ प ५३९१ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा यात्रुबाहक बस अनियन्त्रित भएर पल्टिएको थियो । बस पल्टिँदा १० जना यात्रु घाइते भएका थिए । अन्य ७ जनाको भने दमकस्थित लाइफलाइन अस्पतालमा उपचार गरिएको दमकका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बुले जानकारी दिए ।

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार