देश

उपरथी पुन प्रशिक्षण दिन बेलायतमा

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ७, २०७३- शान्ति मिसनमा खटिएका बेलायती सैनिकलाई प्रशिक्षण दिन उपरथी रमेशकुमार पुन बेलायततर्फ लागेका छन् । दक्षिण सुडानमा खटिएका आफ्ना सैनिकलाई शान्ति मिसनका बारेमा जानकारी दिन भन्दै बेलायतले पुनलाई बोलाएको हो ।

सोहीअनुसार नेपाल सरकारले पुनलाई पठाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पुन रोयल मेलेटरी एकेडेमी सान्डहस्र्टबाट आयुक्त भइसकेका छन् । पुनले शान्ति स्थापना कार्यका लागि लेबनानमा इन्जिनियर प्लाटुन कमान्डर, क्रोएसियामा मिलिटरी पर्यवेक्षक, सियरालियोनमा गणपति र दक्षिण सुडानमा डिपुटी फोर्स कमान्डरको काम गरिसकेका छन् ।

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार