मनोरञ्जन

कमेडियन कपिलले कुटे सहकर्मी

मुम्बई

चैत्र ६, २०७३-चर्चित भारतीय कमेडियन कपिल शर्माले आफ्ना सहकर्मी सुनिल ग्रोभरलाई हातपात गरेको समाचार सार्वजनिक भएको छ । ग्रोभर कपिलको शो कमेडी नाइट्स वीथ कपिलमा डाक्टर मसुर गुलाटीको नाममा अभिनय गर्ने गर्छन् । 

अष्ट्रेलियाको सिड्नीमा कार्यक्रम सकाएर भारत फर्किने क्रममा कपिलले एयर ईन्डियाको फ्लाइटमा ग्रोभरमाथि कुटपिट गरेको समाचार सार्वजनिक भएको हो । 

कपिलको नजिकको स्रोतलाई उल्लेख गर्दै टाईम्स अफ ईन्डियाले लेखेको छ–ग्रोभर आफ्नो सिटमा बसिरहेको बखत कपिल शर्माले उनीमाथि हातपात गरेका हुन् । 

समाचारमा जनाइए अनुसार रक्सीले मातेका कपिलले ग्रोभरलाई ‘तँ मेरो नोकर होस्’ भन्दै कुटपिट गरेका हुन् ।

 

प्रकाशित: चैत्र ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार