प्रवास

उर्जामा लगानी भित्र्याउन मन्त्री शर्मा कोरिया पुगे

- कान्तिपुर संवाददाता, सोल

चैत्र ६, २०७३- उर्जामन्त्री जनार्दन शर्मा उर्जा विशेषज्ञसहित पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै  शनिबार दक्षिण कोरिया आइपुगेका छन् ।

सोल राजदूतावास र एनआरएनए कोरियाद्वारा संयुक्तरूपमा आइतबार सोलमा आयोजना गरिने  उर्जासम्बन्धी अन्तरक्रियामा  प्रमुख  आतिथ्यताको लागि आमन्त्रण गरिएको हो । उनको साथमा मन्त्री पत्नी, विद्युत प्राधिकरणका उर्जा विशेषज्ञ कृष्णप्रसाद शर्मा  र लगानी बोर्डका पदाधिकारी  कोरिया आइपुगेका हुन् । मन्त्रीको टोलीलाई स्वागत गर्न कार्यवाहक राजदूत किरण शाक्य , एनआरएनए कोरियाका पदाधीकारीहरू बिहान इन्छन विमानस्थलमा पुगेका थिए । 

नेपाली उर्जामा कोरियाको लगानी विषयमा गरिने अन्तरक्रिया कार्यक्रममा कोरियाबाट कति लगानी भित्र्याउन सकिने र लगानीलाई सरकारले कसरी व्यवस्था गर्नेजस्ता विषयमा छलफल गरिने एनआरएनए कोरियाका उपाध्यक्ष वीपिन गुरूङले बताए । 

प्रकाशित: चैत्र ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार