देश

छोराको कुटाईबाट बाबुको मृत्यु

- कान्तिपुर संवाददाता , भक्तपुर

चैत्र ६, २०७३-मध्यपुरथिमी नगरपालिका–८, पुरानो ठिमीस्थित छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ । घरायसी झगडाका कारण ३५ वर्षीय कृष्णकुमार प्रजापतिको कुटाईबाट ६३ वर्षीय श्रीकृष्ण प्रजापतिको मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट घाइते भएका प्रजापतिको वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 

कुटपिट भएको केही समयमै कोरियन अस्पताल लगिएकोमा थप उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगिएको र निज घाOतेको टाउकोमा गम्भीर चोटका कारण थप उपचारका ट्रमा सेन्टर रिफर गरिएको थियो ।

 

बाबुलाई कुटपिट गर्ने कृष्णकुमार प्रजापतिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित: चैत्र ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार